फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा

काठमाडौं । राजधानीको ठमेल नर्सिङ चोक मार्गमा फेमिली रेष्टुरेन्ट ‘रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको छ ।

संगीतका साथै स्वदेशी तथा विदेशी खानाका पारखीहरुलाई ध्यानमा राखेर पूर्ण पारिवारिक वातावरणमा रेष्टुरेन्ट सञ्चालनमा आउन लागेको हो । वैशाखको अन्त्यबाट सुरू हुने गरी रेष्टुरेन्ट’ रेड लायन्स लाउञ्ज’ सञ्चालनमा आउने भएको हो ।

युवा संञ्चारकर्मी रोशन दानी तथा युवा व्यवसायी अर्जुन थापाको लगानीमा सुरु गरिएको उक्त रेष्टुरेन्टमा चाइनिज, थाई, इन्डियन, नेपाली तथा कन्टिनेन्टल खानाको हरेक दिन फरक–फरक स्वाद लिन पाइने जनाइएको छ ।

हाईजेनिक खानाका परिकारमात्रै नभई हरेक दिन फरक फरक लाईभ सांगीतिक कार्यक्रम समेत प्रस्तुत गरिने लाउञ्जका प्रवन्ध निर्देशक एवं सञ्चारकर्मी रोशन दानीले बताए ।

रेड लायन्स ‘लाउञ्ज’ अध्यक्ष अर्जुन थापाले केही फरक शैलीको अनुभव सेवाग्राहीले बटुल्न सकुन् भन्ने उद्धेश्यले नयाँ शैलीको रेष्टुरेण्को सुरुवात गरेको बताए। रेष्टुरेन्ट बिहान ११ बजेदेखि राति १२ बजेसम्म संचालनमा आउने छ । साँझ ६ बजेदेखि राति १२ बजेसम्म भने दैनिकरुपमा फरक फरक कलाकारहरुबाट लाइभ म्युजिकल प्रस्तुति रहने छ। करीब साढे दुई करोड लगानीमा सुरू हुन लागेको रेष्टुरेन्टमा नयाँ–नयाँ परिकारको स्वाद दिने कम्पनीको लक्ष्य रहेको छ ।

ठमेलमा संगीत र खानाको परिकारका लागि उत्कृट गन्तव्य बनाउने र त्यहा वाट दहचोको पर्यटकिय प्रर्वधनमा टेवा पुर्याउने र भावी दिनमा दहचोक डाडामा सुविधा सम्पन्न होटल तथा रिसोर्ट सञ्चालनमा ल्याउने कम्पनीको योजना रहेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!