फेरियो यस देशको नाम

अफ्रिकाको अन्तिम साम्राज्य स्वाजील्याण्डका राजा मस्वाती तृतीयले आफ्नो देशको नाम बफलेर ‘द किङडम अफ् इस्वातिनी’ राखेका छन् ।

देश स्वतन्त्र भएको ५०औं वार्षिकोत्सवको उपलक्षमा उनले यसो घोषणा गरेका हुन् ।
नयाँ नाम इस्वातिनीको अर्थ ‘स्वाजीहरूको भूमि’ भएको जनाइएको छ । अन्तर्राष्ट्रिय मंचमै यस घोषणालाई अस्वाभाविक मनी पनि राजा मस्वातीले आफ्नो देशलाई ‘इस्वातिनी’ नै भन्दै आइरहेका थिए ।
उनले २०१७ मा संयुक्त राष्ट्र संघमा सम्बोधनको क्रममा समेत यहि नाम प्रयोग गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!