बिहीबार रातिदेखि बन्द भएको आन्तरिक विमान १२ बजेपछि सुरु

काठमाडौं । बिहीबार रातिदेखि बन्द त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिक उडान सुरु भएको छ।

काठमाडौंबाट मलेसियाका लागि उड्न लागेको मालिन्दो एयरलाइन्सको विमान राति दुर्घटना भएपछि अन्तर्राष्ट्रिय र आन्तरकि दुवै उडान रोकिएका थिए।

तर आन्तरिक उडान भने बिहान करिब पौने १० बजेदेखि सुरु गरिएको त्रिभुवन विमानस्थलले जानकारी दिएको छ। अन्तर्राष्ट्रिय उडान खुल्न भने अझै समय लाग्ने बताइएको छ।

धावनमार्गमा धस्सिएको विमान हटाउने प्रयास भइरहेकाले अन्तर्राष्ट्रिय उडान भने मध्याह्न १२ बजेयता खुल्ने संभावना नरहेको त्रिभुवन विमानस्थल प्रशासनले जनाएको छ।

राति पौने १० बजे मलेसियाको क्वालालम्पुरका लागि उड्न लागेको मालिन्दो एयरको विमान धावनमार्ग छाडेर करिब १५० फिट चौरतर्फ जोतिएको छ।

तर विमानमा रहेका चालक दलका सदस्यसहित १३९ यात्रुलाई भने केही भएको छैन।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!