त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा टऱ्यो ठुलो दुर्घटना

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा एउटा ठुलो दुर्घटना हुनबाट जोगिएको छ ।

१ सय २३ यात्रु बोकेको काठमाडौँबाट क्वालालम्पुरतर्फ उड्न लागेको मालिन्डो एयरको जहाज बिहीबार राति ठूलो दुर्घटनाबाट जोगिएको छ।

उड्न धावनमार्गतर्फ गुडिरहेको मालिन्डो एयरको जहाजको टायरमा समस्या आएपछि पाइलटले टेक अफ नगरी तत्कालै पार्किङतर्फ मोडेपछि जहाज दुर्घटनाबाट जोगिएको हो।

नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार जहाजको चक्कामा समस्या आएपछि पाइलटले तत्काल पार्किङतर्फ लगेकाले दुर्घटना टरेको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!