भारतकी किरण पाकिस्तान गएर बनिन् अमीना, उतै घरजम गरेपछि केटाकेटी अलपत्र

भारतकी एक सिख धर्मावलम्बी महिलाले पाकिस्तान गएर इस्लाम धर्म अपनाएपछि सम्पर्क विहीन भएकी छिन्

बिबिसीका अनुसार ३३ वर्षीय किरण बाला १२ अप्रिलको दिन १८ सय अन्य सिख धर्मावलम्बीहरूसँगै वैशाखी चाड मनाउन पाकिस्तान गएकी थिइन् । उनी १६ अप्रिलदेखि सम्पर्क विहीन रहेको जनाइएको छ ।

पन्जाबको होसियारपुर जिल्ला अन्तर्गत गढशंकर गाउँमा बस्ने किरणका पतिको मृत्यु भइसकेको छ र उनी तीन छोराछोरीकी आमा हुन् ।

किरणले आफ्ना पितालाई फोन गरेर आफू भारत नफर्किने बताएको भनिएको छ ।

किरणका पिता स्थानीय गुरुद्वारा ( सिख प्रर्थनास्थल)मा पुजारी रहेको बुझिएको छ । भारतीय सिख संगठनहरूले उनी पाकिस्तानी खुफिया संगठनहरूको जालमा फसेको हुनसक्ने आशंका व्यक्त गरेको छ ।

उता इस्लामाबादको एउटा मदरसाले उनी १६ अप्रिलमा राजी-खुसी मुसलमान बन्न आएकोले उनको धर्मंतरण गरिएको जनाएको छ । उनले अमीना बीबी भन्ने नयाँ नाम प्राप्त गरेको र एक जना पाकिस्तानी मुसलमान नवयुवकसँग उनको विवाह समेत भइसकेको मदरसाले जनाएको छ ।

पारिवारिक सूत्रहरूका अनुसार उनको घरमा केटाकेटीहरूले आमा आउने बाटो हेरिरहेका छन् ।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!