पक्राउ परे दीपक मनाङ्गे

काठमाडौं, वैशाख ६ । फरार रहेका प्रदेश ४ का प्रदेशसभा सदस्य राजीव गुरुङ उर्फ दीपक मनाङ्गे पक्राउ परेका छन् ।  उनलाई महानगरीय प्रहरी परिसर बिहिबार काठमाडौंले पक्राउ गरेको हो ।

महानगरीय प्रहरी परिसरका प्रवक्ता एवं प्रहरी सहायक उपरीक्षक (डिएसपी) मोहन थापाका अनुसार स्वयम्भू तिनधारामा लुकीछिपी बसेको अवस्थामा उनलार्इ पक्राउ गरिएको हो ।

गत माघमा सर्वोच्चले ज्यान मार्ने उद्योगमा ५ वर्ष जेल सजाय गर्ने तत्कालीन पुनरावेदन अदालतको सजाय सदर गरेको थियो । यसलगतै फरार भएका उनले सांसदको सपथ समेत लिएका छैनन् ।

प्रहरीले भने रेड कर्नर नोटिस जारी गर्न इन्टरपोललाई पत्रचार समेत गरिसकेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!