विमानस्थलमा जुत्ताभित्रको ६० ताेला सुनसहित पक्राउ

काठमाडौं । बिहीबार अन्तर्राष्ट्रिय विमानस्थलमा जुत्ताभित्र सुन लुकाएर तस्करी गर्न खोज्ने भारतीय नागरिक सर्फराज रहमानलाई पक्राउ परेका छन् ।

अन्तर्राष्ट्रिय विमानस्थलबाट ६० ताेला सुनसहित पक्राउ गरेको हो ।

भारतको हैदरावाद घर भएका उनी फ्लाइ दुबईको विमानबाट दुबइबाट काठमाडौं आएका थिए। उनले लगाएको जुत्ताभित्र सुनको बिस्कुट भेटिएको प्रहरीले जनाएको छ।

विमानस्थलस्थित भन्सार कार्यालयले उनीमाथि थप अनुसन्धान अघि बढाइएको छ। विमानस्थलमा भारतीय नागरिकहरु पटक पटक पक्राउ पर्दै आएका छन्। बरामद सुनको नेपाली बजारमा करिब ३२ लाख रुपैयाँ पर्दछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!