पूर्वकप्तान श्रेष्ठ चोरीको आरोपमा पक्राउ

काठमाडौं, वैशाख ६ । चोरीको आरोपमा सरस्वती फूटबल क्लबका पूर्वकप्तान दिपेश श्रेष्ठसहित दुई जनालाई पक्राउ गरेको छ । श्रेष्ठसँगै सुवास खड्कालाई पक्राउ गरेको प्रहरीले जानकारी दिएको छ ।

बजारबाट आएका चोरीका मोबाइल दिपेशले ५० प्रतिशत कम मुल्यमा हाम्रो बजार डटकम लगायतका अनलाइन माध्यमबाट बेच्दै आएको काठमाडौं प्रहरीले जनाएको छ ।

प्रहरीले दिपेशको साथबाट विभिन्न कम्पनीका ३३ सेट मोवाइल, पावर बैंक ३, सोनी र साइन कम्पनीको एलइडी, डिजिटल क्यामेरा, ल्यापटप ५ थान र नगद ५३ हजार ५ सय पनि बरामद गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!