२ बजेको अपडेटः नेप्से कारोबार १ दशमलव ९८ प्रतिशत बढ्यो

काठमाडौं । बिहीबारको दिन सुरु भएको नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा नेप्से २७ दशलमव शून्य ३ अङ्कले बढेर १ हजार ३ सय ९० दशमलव शून्य ४ विन्दुमा पुगेको छ ।

नेप्से परिसूचक १ दशमलव ९८ प्रतिशत बढेको छ । शुरुको आधा घण्टा बढेर घटेको नेप्से एकघण्टाको अवधिपछि १ हजार ३ सय ६१ विन्दुबाट फेरी बढ्न थालेको हो । दोस्रो घण्टाको अवधिमा १ हजार ३ सय ८५ विन्दुबाट घट्ने सङ्केत गरेको परिसूचक १ हजार ३ सय ७५ विन्दुमा आएर फेरी उकालो लागेको छ ।

यस अवधिमा कारोबार भएका १० समूहको परिसूचकमा व्यापार र होटल समूहको परिसूचक बाहेक बाँकी सबै समूहको परिसूचक बढेपछि नेप्से परिसूचक बढेको हो । कारोबार भएका १ सय ६२ कम्पनीको रू.७३ करोड ६३ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!