१० वर्षपछि बल्ल खुल्याे साउदीमा हल

साउदी अरेबिया । बुधवार साउदी अरेबियामा दशकौंदेखि बन्द सिनेमाघर खुलेका छन् । मार्भेलको सुपर हिरो ब्लकबष्टर चलचित्र ‘ब्ल्याक प्यान्थर’ देखाएर सिनेमा घर खुलाइएको हो ।

यो फिल्म उद्योग र साउदी अरेबियाको लागि ऐतिहासिक दिन भएको बताइएको छ । साउदी अरेबियाले फिल्ममाथि लगाउँदै आएको ३५ वर्ष पुरानो प्रतिबन्ध फुकाउने समाचार सार्वजनिक गरेलगत्तै अमेरिकी कम्पनी एएमसी इन्टरटेनमेन्टले रियादस्थित किङ्ग अब्दुलाह फाइनान्सियल डिष्ट्रिक्टमा नयाँ सिनेमा घर बनाएको थियो । संस्कृति तथा सूचना मन्त्रालयसँग सिनेमा घर चलाउन अनुमति लिने एएमसी पहिलो कम्पनी हो ।

साउदीका १५ शहरमा आउँदो ५ वर्षमा ४० सिनेमा हल खोल्ने योजना एएमसीले बनाएको छ । सन् २०३० सम्ममा भने कम्पनीका ५० देखि १ सय सिनेमा हल खुल्ने अपेक्षा गरिएको छ । सन् २०३० सम्ममा साउदीमा करीब ३ सय ५० सिनेमा घर हुने र यहाँ २ हजार ५ सय भन्दा बढी सिनेमा हल रहने विश्लेषण गरिएको छ । एएमसी विश्वको सबैभन्दा ठूलो सिनेमा घर कम्पनी हो । विश्वभर यसका १ हजार सिनेमा घर छन् । यहाँ ११ हजार भन्दा बढी सिनेमा हल ९स्क्रीन० छन् । एजेन्सी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!