व्यवसायकाे रूपमा ठूलीभेरीमा जलयात्रा सुरू

जाजरकोट । ठूलीभेरीमा व्यावसायिक रुपमा जलयात्रा शुरु भएको छ ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले नलगाड नगरपालिका–८ बगरामा जलयात्राको उद्घाटन गर्नुभएको हो ।

मन्त्री बस्नेतले जलयात्राको माध्यमबाट पर्यटन क्षेत्रको विकास गर्न मद्यत पुग्ने बताउनुभयो । उहाँले जलाशययुक्त नलसिङगाड जलविद्युत आयोजनाको निर्माण पाँच वर्ष भित्रै पुरा गर्ने गरी अगाडि बढाउने प्रतिबद्धता व्यक्त गनुभयो ।

बारेकोट गाउँपालिकास्थित फलाम खानी र नलगाड नगरपालिकामा रहेको सिसा खानी आगामी आर्थिक वर्षमै उत्खनन र प्रशोधन गरिने बताउनुभयो । नगलगाड नगरपालिकालाई नमूना नगरपालिकाका रुपमा विकसित गर्ने मन्त्री बस्नेतको भनाइ थियो ।

नलगाड नगरपालिकाका नगरप्रमुख टेकबहादुर रावलले लगानी प्रवद्र्धनका लागि निजी कम्पनीलाई जलयात्रा सञ्चालन गर्न लगाउनुका साथै ३४ जनालाई साना होटल तथा लज व्यवस्थापन सम्बन्धि तालीम प्रदान गरिएको बताउनुभयो । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!