साँझ ४ देखि ७ बजेसम्म ललितपुर क्षेत्रमा यातायात आवागमन बन्द

कहाँ–कहाँ छन् त वैकल्पिक बाटो ?

ललितपुर । बुधबार ललितपुरमा साँझ ३ घण्टा याता अवरुद्ध भएको छ ।

रातो मत्स्येन्द्रनाथको रथ तान्ने क्रम पुल्चोक, जावलाखेल र मंगलबजार क्षेत्रमा यातायातमा अवरुद्ध भएको ललितपुर ट्राफिक प्रहरीले जनाएको छ ।

ट्राफिक प्रहरीका अनुसार रथ तान्ने कार्यक्रममा हजारौँ सर्वसाधारण सहभागी हुने भएकाले बिहीबार साँझ ४ बजेदेखि ७ बजेसम्म सो क्षेत्रमा यातायात आवागमन बन्द रहने छ ।

बिहीबार पुल्चोकबाट गाबाहालसम्म मत्स्येन्द्रनाथको रथलाई तानिने बताइएको छ।

कहाँ–कहाँ यातायात प्रभावित हुने छ ?

जावलाखेल–दमकल–पुल्चोक : मंगलबार–पुल्चोक

वैकल्पिक मार्ग : सो समयमा ट्राफिक प्रहरीले जामबाट बच्न वैकल्पिक बाटोको प्रयोग गर्न सुझाव दिएको छ ।

प्रहरीकाअनुसार यस्ता छन्

वैकल्पिक मार्गः माइक्रो बस, मिनीबसलाई : जवलाखेल–चिडियाघर–झम्सीखेल–कानदेवता

अन्यलाई : जावलाखेल–अल्का अस्पताल–सुमेरु अस्पताल–झम्सीखेल–कानदेवता

पुल्चोकतर्फ आउनेलाई : पुलचोक–सुजुकी मोड–झम्सीखेल–भनिमण्डल–एकान्तकुना वा जावलाखेल

कमेन्ट गर्नुहोस्

error: Content is protected !!