फेरि बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बिहीबार नेपाली बजारमा सुनको मूल्य तीन सयले बढेको छ ।

बुधबार सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भएको थियो भने बिहीबार बढेर सुनको मूल्य ५९ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य बीस रुपैयाँले बढेको छ ।

बुधबार बजारमा चाँदीको मूल्य ७ सय ६० रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य ७ सय ८० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!