आइपियल क्रिकेटमा कोलकाताको तेस्रो शानदार जित

पाँच खेलबाट ६ अंक बटुल्दै शीर्षस्थानमा

काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा गएराति सम्पन्न खेलमा कोलकाता नाइट राइडर्सले तेस्रो जित दर्ता गरेको छ । ११ औँ संस्करणको जारी प्रतियोगितामा कोलकता शीर्ष स्थान छ ।

जितपछि शीर्ष स्थानको कोलकाताको पाँच खेलबाट ६ अंक भएको छ । जयपुरको अवे मैदानमा भएको खेलमा कोलकाताले राजस्थान रोयल्सलाई ७ विकेटले पराजित गरेको हो ।

घरेलु टोली राजस्थानले प्रस्तुत गरेको १६१ रनको लक्ष्य कोलकाताले १८ ओभर पाँच बलमा मात्रै तीन विकेटको क्षतिमा भेट्टायो । कोलकाताका रोबिन उथप्पाले ३६ बलमा ६ चौका र दुई छक्काको सहयोगमा ४८, कप्तान दिनेश कार्तिकले २३ बलमा नटआउट ४२ तथा नितिश राणले २७ बलमा नटआउट ३५ तथा सुनिल नरिनले २५ बलमा ३५ रन बनाए ।

यसअघि पहिले व्याटिङ्ग गरेको राजस्थानले ८ विकेटको क्षतिमा १६० रन बनायो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!