आईपीएल क्रिकेट : राजस्थानलाई रनाहा, कोलकाता शीर्ष स्थानमा

वैशाख ६ । आईपीएल क्रिकेटमा कोलकाता नाइट राइडर्सले राजस्थान रोयल्सलाई ७ विकेटले हराएको छ । जयपुरमा भएको खेलमा घरेलु टोली राजस्थानले दिएको १ सय ६१ रनको लक्ष्य कोलकाताले १९ औ ओभरमा ३ विकेट गुमाएर भेट्टाएको हो ।

कोलकाताका लागि रोबिन उथप्पाले ४८, दिनेश कार्तिकले ४२ तथा सुनिल नाराइन र नितिश रानाले ३५–३५ रन बनाए । यससँगै ५ खेलबाट ३ जीतसहित कोलकाता अंकतालिकाको शीर्ष स्थानमा उक्लिएको छ । पहिले ब्याटिङ गरेको राजस्थानले ८ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो । उसका लागि जोन म्याथ्यू सोर्टले ४४, कप्तान अजिन्क्या रहानेले ३६ र जोस बट्लरले २४ रन बनाए ।

जीतसँगै कोलकाता अंक तालिकाको शीर्ष स्थानमा उक्लिएको छ । कोलकाताले पाँच मध्ये तीन खेल जितेको छ । चारमध्ये दुई खेल जितेको राजस्थान तालिकाको पाँचौ स्थानमा छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!