मनोज पुनको अपराधलाई एमाले – माअाेवादीको साथ: रसियन महिलालाई पुर्याइन्थ्यो भारत

बुटवल, वैशाख ६ । प्रहरी इन्काउन्टरमा मारिएका रुपन्देहीका मनोज पुनको आपराधिक क्रियाकलापमा नेतादेखि व्यवसायीहरूको साथ रहेको पाइएको छ ।

अपराधमा संलग्न मनोज पुनलाई व्यापारीको हरेक सूचना पुर्‍याउने र रकम असुलीमा सहयोग गरेको तथ्य फेला पारेपछि माओवादी केन्द्रका केन्द्रीय सदस्य लेखनाथ न्यौपानेसहित नेता तथा व्यवसायीलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।

रुपन्देहीका तत्कालीन युवा संघका अध्यक्ष दुर्गा तिवारी, व्यापारी बलु पौडेललगायतको हत्याका मुख्य अभियुक्त मनोज पुनलाई सीधै सम्पर्क गरेर सूचना पुर्‍याएको प्रमाण फेला पारेपछि नेता तथा व्यवसायीलाई प्रहरीले पक्राउ गरेको हो । पुन झन्डै एक महिनाअघि प्रहरी इन्काउन्टरमा मारिएका थिए । आजको नयाँ पत्रिकामा समाचार छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!