सिन्डिकेट पक्षधर यातायात व्यवसायीको आन्दोलनलाई मजदूरले साथ नदिने

काठमाडौं, वैशाख ६ । यातायात व्यवसायीले सार्वजनिक सवारीको सिन्डिकेट अन्त्य गर्ने सरकारी निर्णयको विरोध गर्ने धम्की दिएका छन् ।

गैरनाफामुलक र गैरराजनीतिक संस्थाका नाममा दर्ता भएका यातायात समितिले सरकारी निर्णयको विरोधमा सवारी ग्यारेजमा थन्क्याउनेदेखि अनिश्चितकाल सवारी नचलाउने निर्णय गर्दै सरकारलाई धम्क्याएका हुन् ।

व्यवसायीको आन्दोलनमा नेपाल स्वतन्त्र यातायात मजदूर संगठनले सहयोग नगर्ने भएको छ । संगठनका अध्यक्ष भीमज्वाला राईले व्यवसायीले सारेको माग मजदुरसँग कुनै सम्बन्ध नरहेको बताए ।

यातायात मजदुरले २०५१ देखि उठाउँदै आएको नियुक्तिपत्रदेखि सामाजिक सुरक्षाको व्यवस्था गर्नुपर्ने माग व्यवसायीले बेवास्ता गरेको र हालै यातायात व्यवस्था विभागले ल्याएको संशोधित कार्यविधि निर्देशिकामा कार्यान्वयन गरेको उनको भनाइ छ । अन्नपूर्ण पोस्ट दैनिकबाट

कमेन्ट गर्नुहोस्

error: Content is protected !!