उपकुलपति र शिक्षाध्यक्ष कार्यालय नयाँ भवनमा

कीर्तिपुर । त्रिभुवन विश्वविद्यालयका उपकुलपति कार्यालय र शिक्षाध्यक्ष कार्यालयको नवनिर्मित भवनको आज उद्घाटन भयो ।

त्रिविका उपकुलपति प्रा डा तीर्थराज खनियाले ती भवनको उद्घाटन गर्नुभएको हो । ती भवन विसं २०७२ वैशाख १२ र २९ गतेको भूकम्पबाट क्षतिग्रस्त भएका हुन् । नयाँ कार्यालयबाट कार्यसम्पादनमा सहज हुने विश्वास गरिएको छ ।

उपकुलपतिको कार्यालय भवन अनक कविन्द्र जेभीले रु १४ करोड ९५ लाख ४८ हजार र शिक्षाध्यक्षको कार्यालय भवन आषिश÷किरातेश्वर जेभीलाई रु १० करोड ४२ लाख ७२ हजारमा ठेक्का दिइएको थियो ।

शिक्षाध्यक्षको कार्यालय भने आजैदेखि नयाँ भवनमा सरेको छ । रासस

कमेन्ट गर्नुहोस्

error: Content is protected !!