पार्टी एकता वैशाख भित्रै: प्रचण्ड

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष प्रचण्डले नेकपा (माओवादी केन्द्र) र नेकपा एमालेबीचको एकता बैशाख महिनामै हुने बताउनु भएको छ ।

चितवनको भरतपुरमा बुधवार प्रेस चौतारी र प्रेस सेन्टर नेपाल चितवनले संयुक्त रुपमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै उहाँले यस्तो बताउनु भएको हो ।

अध्यक्ष प्रचण्डले भन्नुभयो, ‘अब कोसिस गर्दैछौं, आज हामी सबै देशभरी पुगेका छौं, भोलि फर्किएपछि प्रधानमन्त्रीसँग कुरा हुन्छ । त्यसपछि मिति फिक्स हुन्छ ।’ यसअघि दुबै दलको कार्यदलले बैशाख ९ गते पार्टी एकताका लागि नेतृत्वलाई सुझाव दिएको थियो ।

अध्यक्ष प्रचण्डले सकेसम्म बराबरी र सम्मानजनक रुपमा एकतामा जाने भन्ने छलफल भएको र यसमा पनि कुनै विवाद नरहेको बताउनु भयो ।
‘कुनै विवाद भयो भन्ने कुरा भने विल्कुलै होईन, संविधानमा जनयुद्ध र जनआन्दोलनलाई कसरी सम्वोधन गर्ने र पार्टीका विभिन्न समितिहरुलाई कुन आधारमा बनाउने भन्ने कुराको विषयमा अहिले छलफल छ’ उहाँको भनाई थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!