ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य

काठमाडौं । बुधबार नेपाली बजारमा सुनको मूल्य दुई सयले बढेको छ ।

मंगलबार सुनको मूल्य ५८ हजार ८ सय रुपैयाँमा कारोबार भएको थियो भने बुधबार बढेर सुनको मूल्य ५९ हजार रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ ।

त्यस्तै, बजारमा चाँदीको मूल्य पाँच रुपैयाँले बढेको छ ।

मंगलबार बजारमा चाँदीको मूल्य ७ सय ५५ रुपैयाँमा कारोबार भएको थियो भने बुधबार चाँदीको मूल्य ७ सय ६० रुपैयाँमा कारोबार भइरहेको जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!