धनकुटामा चट्याङ लागेर महिलाको मृत्यु

धनकुटा, वैशाख ५ । धनकुटाको पाख्रिबासमा चट्याङ लागेर स्थानीय एक महिलाको मृत्यु भएको छ ।

पाख्रिबास नगरपालिका–२ बस्ने ३४ वर्षीया कोपिला मगरको मंगलबार साँझ चट्याङ लागेर मृत्यु भएको ईलाका प्रहरी कार्यालय पाख्रिबासले जनाएको छ ।

साँझ ६ बजेतिर घरमै बसिरहेको अवस्थामा चट्याङ खस्दा गम्भीर घाइते भएकी कोपिलाको जिल्ला अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको हो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!