विप्लवकाे अान्दाेलन : जासुसी कार्यालय बन्द गर्न चेतावनी (विज्ञप्तिसहित)

काठमाडौं, बैशाख ५ । नेकपाका पूर्वी कमान्ड इन्चार्ज विरहीले मङ्गलबार पूर्वी क्षेत्र बन्द गर्न सघाउने सबै पक्षलाई धन्यवाद दिँदै सरकारले बिनाकारण गिरफ्तार गरेका नेता र कार्यकर्तालाई बिनासर्त तत्काल रिहा गर्न आग्रह गरेका छन् ।

विज्ञप्ति जारी गर्दै विरहीले २०६५ सालमा बाढी नियन्त्रण गर्न विराटनगरमा बनाइएको भारतीय बाढी नियन्त्रण कार्यालयले क्रान्तिकारी आन्दोलनविरुद्ध जासुसी गरिरहेकाले उक्त कार्यालय तत्काल बन्द गर्न चेतावनी पनि दिएका छन् । पार्टीका नेता र कार्यकर्ता रिहा नगरिए र विराटनगरस्थित भारतीय कार्यालय बन्द नगरिए अझ उच्च स्तरको सङ्घर्ष सञ्चालन गरिने विरहीको विज्ञप्तिमा उल्लेख छ ।

विज्ञप्ति

कमेन्ट गर्नुहोस्

error: Content is protected !!