रोल्पाका दिल बहादुर लाई साउदीमा ७० लाख रुपैयाँ ब्लड मनिको सजाय

सुशान आचार्य /

रोल्पा ,थवाङ ५ का दिल बहादुर घर्ती लाई साउदीको उच्च अदालतले दोषी ठहर गर्दै नेपाली झन्डै ७० लाख रुपैयाँ ब्लड मनिको फैसला सुनाएको छ ।

३ बर्ष अघि डिस्टनी ओभरसिज प्रा०लि सामाखुसी काठमाडौ बाट एक लाख पैतिस हजार बुझाइ वैदेशिक रोजगारिका लागी साउदी अरब पुगेका घर्ती सवारी चालकको रूपमा काम गर्दै आएका थिए ।
साउदी को रिहाद स्थित मजिद अल डिएबिहि कन्ट्रेक्टिङ कम्पनीमा कार्यरत घर्ती ले चलाएको सबारि दुर्घटना हुदा साउदीका एक स्थानीय नागरिक घाइते भइ उपचार को क्रममा मृत्यु भएपछी मृतकका आफन्तले घर्ती विरुद्ध अदालतमा मुद्दा दायर गरेका थियो ।

लामो समय सम्म बिचाराधिन मुद्दामा अदालतले केहि दिन अघि घर्तीलाइ दोषी ठहरगर्दै मृतकका परिवार लाई क्षतिपूर्ति बापत साउदी रियल २ लाख २५ हजार नेपाली झन्डै ७० लाख रुपैया बुझाउनु पर्ने फैसला सुनाएको साउदी स्थित नेपाली दूतावास द्वारा जारी पत्रमा उल्लेख छ ।

स्थानीय अदालतको फैसला पछी दुर्घटनामा आफ्ना नागरिकको गल्ती नभएको भन्दै मुद्दालाई पुन पुनराबेदन अदालतमा दूतावासले पुर्याएको भएपनि पुनराबेदन अदालत ले समेत तल्लो अदालतकै फैसला लाई सदर गरेपछी घर्ति ब्लड मनि तिर्न बाध्य भएका हुन ।

दुई सन्तान र श्रीमती लाई सुख किन्न अरब पसेका घर्ती आफै जेलमा परेपछि यतिखेर उनको परिवार बिचल्लीमा परेको छ ।भने घर्तीको रिहाइका लागि आबस्यक सहयोग गरिदिन नेपाली दूतावास साउदी र परिवारले सम्बन्धित सबैलाई अनुरोध समेत गरेका छन।

 

कमेन्ट गर्नुहोस्

error: Content is protected !!