अवरुद्ध टेलिफोन सेवा फेरि संचालनमा अाएपछि स्थानीय हर्षित

डोटी । प्रदेश नं.७ मा दुई दिनदेखि अवरुद्ध नेपाल टेलिकमको टेलिफोन सेवा फेरि संचालनमा आएको छ ।

बाँकेको कोहलपुरबाट ४ किलोमिटिर पश्चिममा अप्टिक्ल फाइबर काटिएपछि प्रदेश ७ का ९ वटै जिल्लामा टेलिफोन सेवा तथा एडिएसएल इन्टरनेट सेवा सोमबारदेखि अवरुद्ध भएको थियो । काटिएको ठाउँको अप्टिकल फाइबर मर्मत कार्य सम्पन्न भएकाले सम्पूर्ण सेवाहरु सञ्चालनमा आएको नेपाल टेलिकमको दिपायलले जनाएको छ ।

अप्टिकल फाइबर काटिएपछि टेलिकमका इन्टरनेट, प्रिपेड, पोष्टपेड, एडीएसएल र एसटीडी सेवा सोमबारदे िपूर्ण रुपमा अवरुद्ध भएका थिए । मोबाइल सेवा अवरुद्ध हुँदा यहाँका उपभोक्ताले दुई दिन सम्म हैरानी खेप्नु परेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!