२ बजेको नेप्से अपडेटः तेस्रो घण्टामा नेप्से परिसूचक २.०२ प्रतिशतले बढ्यो

१५८ कम्पनीले रू.६८ करोड ४३ लाखको शेयर कारोबार

काठमाडौं । मंगलबार नेप्से कारोबार भएको तेस्रो घण्टाको अवधिमा परिसूचक २ दशमलव शून्य २ प्रतिशत बढेको छ ।

कारोबार शुरू भएदेखि बढेको बजार तेस्रो घण्टामा २६ दशमलव २१ अङ्क बढेर १ हजार ३ सय २३ दशमलव ७८ विन्दुमा पुगेको छ । लघुवित्त समूहको परिसूचक ५ दशमलव ४७ प्रतिशतले बढेको छभने १० समूहमा व्यापार बाहेक सबै समूहको परिसूचक बढेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक रू। ३ करोड ७२ लाख बराबरको शेयर कारोबार भएको छ । १ सय ५९ कम्पनीको रू.६८ करोड ४३ लाखबराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!