१ बजेको अपडेटः दुई घण्टामा फेरि बढ्यो नेप्से कारोबार

व्यापार समूहबाहेक नौ समूहको परिसूचक बढ्यो

काठमाडौं । मङगलवार नेप्से कारोबार भएको दोस्रो घण्टाको अवधिमा परिसूचक १ दशमलव ९४ प्रतिशत बढेको छ । कारोबार शुरू भएदेखि बढेको बजार दोस्रो घण्टामा २५ दशमलव १८ अङ्क बढेर १ हजार ३ सय २२ दशमलव ७५ विन्दुमा पुगेको छ ।

लघुवित्त समूहको परिसूचक ७ दशमलव १७ प्रतिशतले बढेको छभने १० समूहमा व्यापार बाहेक सबै समूहको परिसूचक बढेको छ ।

सूर्या लाइफ इन्स्योरेन्सको सर्वाधिक रू। २ करोड ३९ लाख बराबरको शेयर कारोबार भएको छ । १ सय ४६ कम्पनीको रू। ३९ करोड ६४ लाख बराबरको शेयर कारोबार भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!