आईपीएल क्रिकेट: सन्दीप लामिछाने आवद्ध दिल्ली अाज पनि पराजित

नयाँदिल्ली, वैशाख ४ । भारतमा जारी इण्डियन प्रियिमर लिग अन्तर्गत सोमबार राति भएको खेलमा कोलकाता नाइट राइडर्ससँग दिल्ली डेयरडेभिल्स पराजित भएको छ । कोलकाताले दिल्ली डेयरडेभिल्सलाई ७१ रनको भारी अन्तरले हराएको हो ।

टस हारेर ब्याटिङको निम्तो पाएको कोलकाताले २० ओभरमा नौ विकेट गुमाउँदै २०० रन बनाएको थियो । कोलकाताका लागि नितिश रानाले अर्धशतक पार गर्दै ५९ रनको योगदान दिए । यस्तै एन्ड्रु रसेलले ४१ रन बनाए । क्रिस लिन र रविन उथप्पाले पनि क्रमशः ३१ र ३५ रनको योगदान दिएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!