जेलभित्र झडप, ७ को गयो ज्यान

काठमाडौँ, वैशाख ३ । अमेरिकाको साउथ क्यारोलाइनामा एउटा जेलभित्र भएको झडपमा परी कम्तिमा सात जनाको मृत्यु भएको छ भने १७ जना घाइते भएका छन् ।

उक्त क्षेत्रकै मजबुत सुरक्षा व्यवस्था भएको मानिएको साउथ क्यारोलाइनाको बिसपभिल्लेस्थित ली करेक्सनल इन्स्टिच्युट (एलसिआइ)मा आइतबार साँझ सवा पाँच बजे सुरु भएको कैदीहरूबीचको आपसी भिडन्त बिहान तीन बजेको आसपास नियन्त्रणमा आएको थियो ।

बन्दीगृहका प्रवक्ता जेफ टाइलोनले झडपमा जेलका कर्मचारीहरू सुरक्षित रहेको बताएका छन् ।  उनले घाइतेहरूलाई उपचारका लागि जेलबाहिर उपचारको व्यवस्था मिलाइएको छ ।

उक्त बन्दीगृहमा लगभग १ हजार ५ सय बन्दीहरू रहेको र तीमध्ये कतिपय साथ् क्यारोलाइनाकै सर्वाधिक खतरनाक अपराधीहरू समेत रहेको बुझिएको छ ।  २०१५ मा भएको यस्तै एउटा भिडन्तमा दुई अधिकारीहरूलाई छुरी हानिएको थियो । गत फेब्रुअरी महिनामा मात्रै यस जेलभित्र एउटा कैदीले अर्को कैदीको हत्या गरिदिएको थियो ।

साउथ क्यारोलाइनाको कैदी सुधार विभागले ट्विट गर्दै स्थिति नियन्त्रणमा रहेको र मारिनेहरूको सनाखत भइसकेको जानेको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!