माओवादी निकट प्रवासी नेपाली एकता मञ्चको सम्मेलन सम्पन्न

चण्डीगढ । ‘प्रवासी नेपाली जनताको मौलिक अधिकारः स्वास्थ्य, शिक्षा स्वदेशमा रोजगार’ भन्ने मुल नाराका साथ १५ अप्रील २०१८ का दिन अखिल भारत नेपाली एकता मञ्च चण्डीगढ जिल्ला समितिको तेह्रौ द्विबार्षिक सम्मेलन सम्पन्न भएको छ ।

सम्मेल सेक्टर ४५ को बुडैलमा नेपबहादुर केसीको अध्यक्षतामा १३ सदस्यीय जिल्ला समिति चयनसंगै भब्यतारुपमा सम्पन्न भएको छ ।

समितिको अन्य पदाधिकारीमा उपाध्यक्ष गीता केसी सचिव हुकुम डांगी, सहसचिव शंकर परियार र कोषाध्यक्ष रमेश खड्का रहेका छन् । सम्मेलनलाई भब्यताका साथ सम्पन्न गर्न र गराउनको ठुलो संख्यामा प्रवासी नेपालीको सहयोग र उपस्थिति रहेको थियो ।

मुख्य अथितिका रुपमा अखिल भारत नेपाली एकता मंचका केन्द्रीय सचिब तिर्थ भण्डारी सहभागी थिए । साथै सम्मेलनमा अखिल भारत नेपाली एकता मंचका केद्रीय सहसचिव रविकुमार, केन्द्रीय सदस्यहरु कमल गिरी, महिला नेत्री कमला जी यम लगायतका सदस्यहरुको सहभागीता थियो ।

त्यसैगरी, अखिल भारत नेपाली एकता मंच संयुक्त राज्य समिति चण्डीगढका अध्यक्ष ठाकुर भुसाल सचिव प्रकाश स्याडा, दृष्टि सांस्कृतिक परिवारका प्रेम नेपाली र विभिन्न जिल्लाबाट पनि अथितिको रुपमा सम्मेलनमा उपस्थित थियो।

सम्मेलनबाट नवनिर्वाचित पदाधिकारीहरुलाई बधाई तथा शुभकामना दिनको लागि भाइचारा संगठनबाट पनि ठूलो संख्यामा अथितिको उपस्थिति थियो।

प्रमुख अथिति केन्द्रीय सचिव तिर्थ भण्डारीले सम्मेलनलाई संबोधन गर्दै भन्नुभयो, ‘हामी हाम्रो अधिकारको लागी जति ठुलो बलिदान दिन पनि पछि पर्दैनौं । प्रवासी नेपालीको हकहितको लागी निरन्तर लडेका थियौ र लडीरहने छौ ।’

भण्डारीले भने, ‘अहिले नेपालमा बाम एकताको लागि जुन पहल भएको छ त्यो स्वगात योग्य छ । समुन्नत र सम्पन्नशाली देश अनि दिगो विकासको लागी पनि अहिलेको बाम एकता अनि बहुमतीय सरकारको आबश्यकता छ ।’

उनले प्रवासी नेपालीको समस्या र अधिकारको लागी प्रवासमा रहेका जुनसुकै संगठनले आबाज उठाए आफू र आफ्नो संगठनको सहयोग र समर्थन रहने बताए । साथै प्रवासी नेपालीको अधिकार सुनिश्चित गर्न नेपाल सरकारसँग जोडदार माग गरे ।

मुलप्रवाह अखिल भारत नेपाली एकता समाज जिल्ला समिति चण्डीगढका अध्यक्ष प्रेम आचार्यले सम्मेलनलाई सम्बोधन गर्दै हामी जुनसुकै संगठनलाई समर्थन गरेपनि हामी गरीखाने प्रवासीको समस्या एउटै र जटिल छ भएको बताए ।

समस्या समाधान गर्न सबै एक जुट हुनुपर्छ पर्ने उनको भनाइ छ । सही काम गर्नेलाई व्यवहारिक रुपमा सहयोग र समर्थन रहने भन्दै नवनिर्वाचित जिल्ला समितिलाई बधाई एबं शुभकामना दिए ।

प्रवासी नेपाली संघका नेत्री मिना पोखरेल र राज्य समितिका महेश पौडेलले प्रवासी नेपालीका माग जायज भएको भन्दै सहयोग र समर्थन रहिरहने बताए । साथै नवनिर्वाचित जिल्ला समितिलाई सफलताको लागि शुभकामना र बधाई दिए ।

सम्मेलनमा दृष्टि सांस्कृतिक परिवारका इंचार्ज प्रेम नेपालीले हिजोका दिनमा पनि हामी सर्वहारा बर्गको लागी गीतसंगीत सँगै युद्दमा होमिएको र आज पनि त्यसैको निरन्तरतामा रहेको बताए ।

उनले भने, ‘हामी ठगी खाने को विरुद्द र गरीखानेको पक्षमा हमेसा गीत गाइरहन्छौ ।’ दृष्टि सास्कृतिक परिवारद्वारा सम्मेलन अवधिभर विभिन्न गीतसंगीत र नृत्य प्रस्तुत गरको थियो ।

नेपबहादुर केसीले अध्यक्षता गरेको सम्मेलनमा सहजीकरण चने हुकुम डॉगीले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!