चितवनको टाँडीमा निर्धन उत्थान बैंककाे उद्यमशीलता तालिम

ग्राहक सदस्यहरुको लागि उद्यमशीलता विकास तालिम सम्पन्न

चितवन । काठमाडौंको नक्सालमा केन्द्रीय कार्यालय रहेको निर्धन उत्थान बैंक लिमिटेडले आफना ग्राहक सदस्यहरुको सहभागितामा २०७४ चैत २८ देखि ३० गतेसम्म चितवन जिल्लाको टाँडीमा ‘उद्यमशीलता विकास तालिम’ सम्पन्न गरेको छ ।

उक्त तालिममा दलदले, चनौली र टाँडी शाखाका २० जना ग्राहक सदस्यहरुको सहभागितामा उद्यमशीलता विकास तालिम सम्पन्न गरेको बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले जानकारी गराएका थिए । यस तालिममा प्रशिक्षकहरुमा बैंकका वरिष्ठ ब्यवस्थापक पवनकुमार श्रेष्ठ, वरिष्ठ ब्यवस्थापक परमेश्वर चौधरी रहेका थिए ।

यस तालिममा ग्राहक सदस्यहरुले आय आर्जन, स्वरोजगार र ब्यवसायबीच भिन्नता, आत्म विश्लेषण, सफल उद्यमीका विशेषताहरु, बाख्रापालन तथा भैंसीपालन सम्बन्धी भिडियो, वित्तीय साक्षरता सम्बन्धी भिडियो, ब्यवसाय छनौट, प्रारम्भिक छनौट प्रक्रिया, वृहद छनौट, सुक्ष्म छनौट प्रक्रिया, सफल उद्यमीको अनुभव, नमूना स्किमहरु, विभिन्न प्रविधि सम्बन्धी भिडियोहरु, बैंकको सेवाहरु, ब्यवसायिक योजना, ब्यवसायिक योजना बनाउँदा ध्यान दिनुपर्ने कुराहरु, बजार, बजारिकरण, बजार सञ्जालको महत्व बारेमा सहभागीहरुले जानकारी लिएको क्षेत्रीय प्रमुख चौधरीले बताएका थिए ।

तालिमको समापन सत्रमा सहभागीहरुको तर्फबाट सविता चौधरी, जितकुमारी खोजवार, रिना प्रधानले तालिमको मूल्याकंन गरेका थिए । यस उद्यमशीलता विकास तालिम फाइदाजनक तालिम रहेको ग्राहक सदस्यहरुले बताएका थिए । बैंकले विभिन्न किसिमका तालिमहरु प्रदान गर्दै आफनो ग्राहक सदस्यहरुको आर्थिक विकास, सामाजिक विकास गर्दै आएकोमा सहभागीहरुले खुशी ब्यक्त गरेका थिए । समापन सत्रमा निर्धन उत्थान बैंक टाँडी शाखाका प्रमुख ज्योतिराज रेग्मीले मन्तब्य दिएका थिए । तालिमको समापन बैंकको भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख परमेश्वर चौधरीले गरेका थिए ।

क्षेत्रीय प्रमुख चौधरीले एक परिवारमा एकजना उद्यमी बनाउन बैंकले पहल गरिरहेको बताएका थिए । बैंकले साढे दुई दशकदेखि निरन्तर लघुवित्त सेवा दिइरहेको यस बैंकबाट कर्जा लिई ब्यवसाय गरी धेरै घरपरिवार आर्थिक समुन्नततिर अगाडि बढेको समेत बैंकका भरतपुर क्षेत्रीय कार्यालयका क्षेत्रीय प्रमुख चौधरीले बताएका थिए ।

बैंकले सातैवटै प्रदेशका देशभरीका ७७ वटै जिल्लाहरुमा १७९ वटा शाखाहरु, १० वटा क्षेत्रीय कार्यालय र केन्द्रीय कार्यालय गरी १९० वटा कार्यालयहरुको स्थापना गरी बैंकले लघुवित्त सेवा पुर्याईरहेको छ । यस निर्धन उत्थान बैंकले ८,०९१ जना ग्राहक सदस्यहरुलाई ब्यावसायिक रुपमा परियोजना कर्जा प्रदान गर्ने योजना रहेको छ ।

यसको साथै थप ६०० जना ग्राहक सदस्यहरुलाई उद्यमशीलता विकास तालिम, थप ७५० जनालाई सीप विकास तालिम प्रदान गर्ने लक्ष्य रहेको छ । विभिन्न प्रकारका सीपमूलक तालिम, उद्यमशीलता विकास तालिम, वित्तीय साक्षरता तालिम, सचेतनामूलक तालिमहरु समेत प्रदान गर्दै ग्राहकहरुको आर्थिक, सामाजिक, वौद्धिक विकास गर्दै आई रहेको छ । यस बैंकले देशको दुर्गम जिल्लाहरुको कुना कुनामा शाखाहरु स्थापना गरी ग्राहक सदस्यहरुलाई विभिन्न प्रकारका तालिम प्रदान गर्दै आई रहेको छ साथै तालिम लिएका सदस्यहरुलाई आवश्यकतानुसार लगानी समेत गर्दै आइरहेको छ ।

यो निर्धन उत्थान बैंक लिमिटेड देशको ७७ वटै जिल्लाहरुको शाखा सञ्जाल रहेको नेपालको एकमात्र सबैभन्दा ठूलो राष्ट्रियस्तरको लघुवित्त संस्था हो । बैंकले २०७४ फागुन मसान्तसम्ममा ३,०७,००९ घरपरिवारमा सेवा पु¥याइरहेको छ ।

बैंकले २०७४ फाल्गुण मसान्तसम्ममा लगानीमा रहेको कर्जा रु.१४ अरब २५ करोड रहेको छ भने ग्राहक सदस्यहरुका ७ अरब ५९ करोड बचत परिचालन गरेको छ । यस तालिमको संचालन बैंकका वरिष्ठ ब्यवस्थापक पवनकुमार श्रेष्ठले गरेका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!