पुटिनले दिए अमेरिकालाई चेतावनी: फेरि सिरियामाथि आक्रमण भए राम्रो नहुने

रुसका राष्ट्रपति भ्लादिमिर पुतिनले अमेरिकाले सिरियामाथि फेरि सैन्य कारवाही गरे त्यसको परिणाम ठीक नहुने चेतावनी दिएका छन्। आइतबार एक बयान जारी गर्दै राष्ट्रपति पुटिनले यसो भनेका हुन्।

डुमामा भएको रासायनिक आक्रमणको प्रत्युत्तर भन्दै अमेरिका, ब्रिटेन र फ्रान्सले संयुक्त सैन्य कारवाही अन्तर्गत सिरियाका सरकार नियन्त्रित तीन ठाउँहरूमा शनिवार हमला गरेका थिए।

रुसले पहिले पनि यस आक्रमणको निन्दा गरिसकेको छ तर राष्ट्रपतिले नै अमेरिकालाई चेताएको भने यो पहिलो पल्ट हो।

राष्ट्रपति पुटिनको कार्यालयबाट जारी बयानमा भनिएको छ, “यदि संयुक्त राष्ट्र घोषणापत्रलाई उल्लंघन गर्दै यस किसिमका कारवाही हुन्छन् भने निश्चित रूपमा नै यसले अन्तर्राष्ट्रिय सम्बन्धहरूमा अराजकताको स्थिति ल्याइदिने छ।”

जारी बयान अनुसार पुटिन र इरानका राष्ट्रपति हसन रूहानीबीच महत्वपूर्ण टेलिफोन वार्ता भएको र दुवै नेताहरूले शनिवार सिरियामाथि भएको आक्रमणपछि सिरियामा जारी संघर्षको राजनैतिक समाधान खोज्ने सम्भावनालाई क्षति पुगेको उल्लेख छ।

राष्ट्रपति पुटिनले इरानका राष्ट्रपति हसन रूहानीसँगको टेलिफोन वार्तापछि यो बयान जारी गरेका थिए ।

राजधानी दमिस्क र होम्समा सैन्य कारवाहीपछि अमेरिकाले सिरिया सरकारमाथि दबाब सिर्जना गर्ने वैकल्पिक तरिकाहरू खोजी गर्ने प्रयास गर्दैछ।

आइतबार संयुक्त राष्ट्रका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारसँग सम्बन्ध राख्ने र उसलाई हतियार उपलब्ध गराउने रसियाली कम्पनीहरूसँग अमेरिकाले आर्थिक प्रतिबन्ध लगाउने बताएकी थिइन्।

संयुक्त राष्ट्र संघका लागि अमेरिकी राजदूत निकी हेलीले सिरिया सरकारलाई सघाइरहेका रसियाली कम्पनीहरू विरुद्ध अमेरिकाले आर्थिक प्रतिबन्ध लगाउएन् भएको छ ।

उता सिरिया आक्रमणप्रति निन्दा प्रस्ताव पारित गराउन असफल रहेको रुसले अमेरिकी कारवाहीको विरोध गरिरहेको छ। हेलीको बयानको प्रत्युत्तरमा रसियाली माथिल्लो सदनमा रक्षा समितिका उप निर्देशक एभ्गेनी सेरेब्रेनिकोभले रुस यस्ता प्रतिबन्धहरूका लागि तैयार रहेको बताएका छन्।

रुसको सरकारी समाचार संस्था आरआइएका अनुसार सेरेब्रेनिकोभले आफ्नो अधिकारिक बयानमा प्रतिबन्धहरू रुसका लागि असहज भए पनि तिनले अमेरिका र युरोपलाई नै बढी नोक्सान पुग्ने बताएको जनाइएको छ।

 

बिबिसी

कमेन्ट गर्नुहोस्

error: Content is protected !!