बसुन्धरामा एक युवतीको रहस्यमय हत्या

काठमाडौं । आइतबार बसुन्धरामा बेलुकी युवतीसँग शारीरिक सम्बन्ध राख्ने क्रममा विवाद हुँदा हत्या भएको खुलेको छ  । हत्या गर्ने अभियुक्तलाई पक्राउ गरी प्रहरीले सार्वजनिक गर्दैछ।

महानगरीय प्रहरी परिसरले घटना विवरण सार्वजनिक गर्न लागेको हो। प्रहरी स्रोतका अुनसार पर्सा ठोरी घर भएका ३० वर्षिय बिशाल तामाङले हत्या गरेका हुन्। मृतकको नाममा पूर्णिमा बिक भएको बताइएको छ। तर, उनका आफन्तलाई प्रहरीले सम्पर्क गर्न सकेको छैन। काठमाडौंका प्रहरी प्रमुख एसएसपी विश्वराज पोखरेलका अनुसार अर्धनग्न अवस्थामा शव भेटिएको थियो, बलात्कार प्रयास जस्तो देखिन्छ।

उनीहरु वितग ५ महिनादेखि सुकुम्बासी टोलमा सँगै बस्दै आएका थिए। आपसी विवादमा झगडा हुँदा टाउकोमा ढुंगाले हानेर उनले हत्या गरेका हुन्। आइतबार बेलुका नै अभियुक्त तामाङलाई प्रहरीले पक्राउ गरेको हो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!