बाँकेबाट हतियारसहित दुई पक्राउ

नेपालगन्ज । बाँकेमा एक थान कटुवा पेस्तोल र सो मा लाग्ने ३ राउण्ड गोलीसहित २ जना पक्राउ परेका छन् ।

जिल्लाको जानकी गाउँपालिका ६ गनापुरबाट जिल्ला प्रहरी कार्यालय बाँके र संघीय प्रहरी इकाई कार्यालय नेपालगन्जबाट खटिएको प्रहरीले आइतबार राती पेस्तोल र गोलीसहित २ जनालाई पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुलाई संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जले पत्रकार सम्मेलन गरेर सोमबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा सोही ठाउँका ३६ बर्षिय प्रमोद कुमार चमार र ३३ बर्षिय शोभाराम यादव रहेको संघिय प्रहरी इकाई कार्यालय नेपालगन्जका डिएसपी प्रदिप कुमार सिंहले जानकारी दिए ।

चमारलाई शंका लागेर चेकजाच गर्ने क्रममा उनको साथबाट पेस्तोल र गोली बरामद गरिएको उनले बताए । चमारले यादवबाट पेस्तोल र गोली खरिद गरेर ल्याएको भनेपछि प्रहरीले यादवलाई समेत नियन्त्रणमा लिएको हो ।

प्रहरीले भे १ प ४३४ नम्बरको पल्सर मोटरसाइकलमा समेत उनीहरुको साथबाट बरामद गरेको छ ।

आवश्यक अनुसन्धान तथा कारबाहीका लागि संघिय प्रहरी कार्यालय नेपालगन्जले उनीहरुलाई जिल्ला प्रहरी कार्यालय बाँकेको जिम्मा लगाएको छ । पश्चिमन्यूजबाट साभार

कमेन्ट गर्नुहोस्

error: Content is protected !!