प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने

काठमाडौं, वैशाख ३ । प्रधानमन्त्री केपी ओलीको आसन्न चीन भ्रमण तयारीका लागि परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली सोमबार चीन जाँदैछन् ।

प्रधानमन्त्रीनिकट स्रोतका अनुसार प्रधानमन्त्री ओली वैशाखभित्रै चीन भ्रमणमा जाने तयारीमा छन् ।

प्रधानमन्त्रीको भ्रमण तयारीकै लागि परराष्ट्रमन्त्री ज्ञवाली चीन जान लागेको परराष्ट्र मन्त्रालय स्रोतले जनाएको छ ।

वैशाख ७ गतेसम्म छिमेकी मुलुक चीनको औपचारिक भ्रमण गर्ने भएका छन् ।

नयाँ सरकार गठनपछि नेपाल सरकारको सम्बन्धित मन्त्रीका हैसियतमा हुन लागेको यो भ्रमणले दुई देशबीच उच्चस्तस्तरीय भ्रमणको वातावरण बनाउने विस्वास गरिएको छ ।

परराष्ट्र मन्त्रालयले आज जारी गरेको विज्ञप्तिमा वैशाख ४ गते मन्त्री ज्ञवालीले उहाँका समकक्षी वीसँग दुई पक्षीय वार्ता हुने उल्लेख छ । चीनको बेइजिङमा रहँदा मन्त्री ज्ञवालीले चिनियाँ नेताहरुसँग पनि भेटवार्ता गर्नेछन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!