बजार अनुगमनलाई व्यवस्थीत र प्रभावकारी बनाइन्छ : मन्त्रीयादव

काठमाडौं, वैशाख २ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृका यादवले बजार अनुगमनलाई व्यवस्थित र प्रभावकारी बनाइने बताएका छन् ।

मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्री यादवले नयाँ योजनाका साथ बजार अनुगमनलाई प्रभावकारी र व्यवस्थित बनाइने बताएका हुन । उपभोक्तालाई महशुस हुने र ठोस परिणाम आउने गरी बजार अनुगमन गरिने तर अनुगमनका लागि अनुगमन नगरिने बताए ।

मन्त्री यादवले बजार अनुगमनका नाममा धेरै हल्ला भएको भन्दै अब वास्तविकतामा आधारित भएर अनुगमन गर्ने बताए । अनुगमनका क्रममा कानूनी जटिलता देखिकाले संशोधन गरि र गल्ती गर्नेलाई कारबाही हुने पनि बताए ।

नयाँ शैक्षिक शत्र शुरु भएसँगै विद्यालयहरुले मनोमानी ढंगले शुल्क असुल्न थालेको भन्दै मन्त्री यादवले अनुगमन गरी त्यस्ता विद्यालयलाई कारबाही गरिने जानकारी दिए ।

बजार अनुगमनलाई कसरी प्रभावकारी र ब्यवस्थित गराउने विषयमा मन्त्री यादवले आज मातहतका अधिकारीहरुसँग छलफल गरेका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!