एउटा यस्तो प्रेम कहानीमा छोरा शक्तिलाई नायक बनाउर्दै शिव श्रेष्ठ

काठमाडौं, वैशाख २ । ‘एउटा यस्तो प्रेम कहानी’ शुभ मुहूर्त भएको छ । नेपाली सिने क्षेत्रका चर्चित नायक शिव श्रेष्ठका छोरा शक्ति श्रेष्ठको एउटा यस्तो प्रेम कहानीमा नायकको भूमिका रहने छ । शुभ मुहुर्तसंगै चलचित्र निर्माणको शुरुवात भएको छ ।

केहि दिन अघि राजधानीको लाजिम्पाटस्थित होटल र्याडिशनमा उपराष्ट्रपति नन्दकिशोर पुनको प्रमुख आतिथ्यमा फिल्मको मुहुर्त गरिएको हो ।

मुहुर्त समारोहमा उपराष्ट्रपति पुनले अहिलेसम्मका चलचित्रभन्दा फरक र राम्रो बनोस् भनेर शुभकामना दिएका थिए । चलचित्र शिव श्रेष्ठका निर्माण र दिपेश सापकोटाको निर्देशनमा बन्न लागेको हो ।

एउटा यस्तो प्रेम कहानीमा अभिनेता शिव श्रेष्ठले छोरा शक्ति श्रेष्ठलाई डेब्यू गराउदैछन् जो अष्ट्रेलिया बस्दै आएका छन् । सिनेमामा तीन जना विदेश कलाकार को पनि भूमिका रहने बताइएको छ ।

शिव श्रेष्ठको कथा र प्रस्तुतीमा बन्ने सिनेमाको द्वन्द्व निर्देशक भने प्रभू श्रेष्ठले गर्ने भएका छन् । दर्जनौं हिन्दी फिल्ममा काम गरिसकेका र अहिले पनि सन्नी देओलको फिल्ममा खेलिरहेका नवराज विकलाई समेत खलनायकका लागि झिकाइएको छ ।

डीआईजीको भूमिकामा भने बहालबाला डीआईजी पवन खरेल नै रहेकोले चलचित्र प्रेमीहरूबीच उत्साहको सञ्चार भएको बताइन्छ । यो फिल्म आउँदो भदौमा रिलिज हुने निर्माण युनिटले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!