दुई तिहाई बहुमत र स्थायी सरकार नै विकासको आधार: प्रचण्ड

बागलुङ, वैशाख २ । पूर्व प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बुर्तिवाङ र ढोरपाटनबासीको चासो र चिन्ता रहेको ढोरपाटन (उत्तरगंगा) जलाशय ढोरपाटन नगरपालिकाको चाहना र भावना अनुसार बन्ने बताएका छन् ।

बागलुङको बुर्तिवाङ बजारमा आयोजित ढोरपाटन महोत्सव २०७५ को उद्घाटन पछी बोल्दै यस्तो बताएका हुन् ।

दाहालले जलाशय ढोरपाटनबासीको चाहना अनुसार बन्ने कुरामा ढुक्क हुनुस भन्दै जलाशयले यसक्षेत्रका जनताको आर्थिक स्तर उकास्ने बताए । पूर्व प्रधानमन्त्री दाहालले बिदेशिएका युवा नेपालमा नभित्राएसम्म नेपाल राम्रो नबन्ने पनि स्पष्ट पारे ।

बागलुङले राष्ट्रिय आन्दोलनमा गरेको योगदानको फल प्राप्त गर्ने बेला आएको छ भन्दै उनले दुई तिहार्इ बहुमत र स्थायी सरकार नै बिकासको आधार भएको बताए ।
कार्यक्रममा पुर्व स्वास्थ्य मन्त्री तथा नेपाली काँग्रेसका युवा नेता एवं सांसद गगन थापाले यस क्षेत्रमा भएको बिकासलाई आर्थिक समृद्धी सङ्ग जोड्नुपर्ने बताउदै यस क्षेत्रको बिकासको लागि आफु र पार्टी बाट कुनै कमी नहुने स्पष्ट पारे |

सो अवसरमा सांसद देवेन्द्र पौडेल, सांसद ज्ञान् कुमारी छन्त्याल, नेपाल उद्योग बाणिज्य महासंघका केन्द्रिय उपाध्यक्ष चन्द्र ढ्काल, नेकपाका निल बहादुर पुन, माओवादी केन्द्रका तुलसी अर्याल लगायतले मन्तव्य राखेका थिए ।
बागलुङ उद्योग बाणिज्य संघ बुर्तिवाङ ईकाईका अध्यक्ष चिन्तामणी शर्माको अध्यक्षतामा सम्पन्न उद्घान समारोहमा ढोरपाटन नगरपालिकाका नगरप्रमुख देवकुमार नेपालीले स्वागत मन्तव्य दिएका थिए भने कार्यक्रमको सन्चालन महासचिव राम सुवेदीले गरेका थिए । महोत्सव वैशाख ७ गतेसम्म सञ्चालन हुनेछ ।

आजै बुर्तिबाङमा आयोजित बाम गठबन्धन पार्टी कार्यकर्ता भेटघाट कार्यक्रममा माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले आज बिहानै प्रधानमन्त्री सॅग फोनबार्ता भएको बताउदै यहि ९ गते नै पार्टी एकता हुने प्रष्ट पारेका थिए ।
उनले एकता भाँड्न ठुलै शक्ति लागिपरेको तर एकता भएरै छोड्ने दाबी समेत दोहोराएका थिए ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!