दिल्ली र मुम्बईबीचको खेल शुरु, दिल्ली टस जितेर व्याटिङ गर्दै, सन्दीप खेल्दै छन् ?

मुम्बई । आइपीएलको ११ औं संस्करणको आफ्नो तेस्रो खेलमा शनिबार दिल्ली डेयरडेविल्स मुम्बई इन्डियन्ससँग भिड्दै छ । मुम्बईको वानखेण्डे रंगशालामा हुने खेलमा टस जितेर दिल्लीले व्याटिङ रोजेको छ । तर आज पनि नेपाली क्रिकेटर सन्दीप लामिछाने खेल्ने सम्भावना कम छ ।

यसअघिका दुबै खेलमा दुबै टिमले पराजय भोगेका छन् । त्यसैले आजको खेलमा दुबै टिमले दुई–दुई जना खेलाडी परिवर्तन गरेका छन् । मुम्बईले प्रदीप सांगवानका स्थानमा हार्दिक पंड्या र बेन कटिंगको बदलामा अकिला धनंजयलाई खेलाएको छ ।

त्यसैगरी दिल्लीले यसअघिका ओपनर कोलिन मुनरोको स्थानमा जेसन राय र क्रिस मौरिसका स्थानमा डेनियल क्रिश्चियनलाई खेलाएको छ ।

रोहित शर्माको कप्तानीमा रहेको मुम्बईले चेन्नई सुपरकिंग्स र सनराइजर्स हैदराबादसँग पराजय भोगिसकेको छ । त्यस्तै गौतम गम्भीरको कप्तानीको दिल्लीले किंग्स इलेवन पंजाब र राजस्थान रॉयल्ससँग पराजित भएको हो ।

टिम मुम्बई

रोहित शर्मा (कप्तान), इविन लुईस, ईशान किशन (विकेटकीपर), सूर्यकुमार यादव, हार्दिक पंड्या, क्रुणाल पंड्या, काइरॉन पोलार्ड, मयंक मार्कंडे, जसप्रीत बुमराह, मुस्तफिजुर रहमान, अकिला धनंजय।

टिम दिल्ली

गौतम गंभीर (कप्तान), जेसन रॉय, श्रेयस अय्यर, ऋषभ पन्त (विकेटकीपर), ग्लेन मैक्सवेल, विजय शंकर, डेनियल क्रिश्चियन, राहुल तेवतिया, शाहबाज नदीम, ट्रेन्ट बोल्ट, मोहम्मद शमी।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!