कालीगण्डकी नदीमा दुई किशोर बेपत्ता

पाल्पा, वैशाख १ । तानसेन नगरपालिका १३ बौघागुम्हास्थित कालीगण्डकी नदीमा डुबेर शनिबार दुई किशोर बेपत्ता भएका छ्न।

बेपत्ता हुनेमा जिल्लाको रिब्दिकोट गाउँपालिका(३ हार्थोकका १८ वर्षीय संगम कार्की र सोही ठाउँका १८ वर्षीय आयुष खनाल रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका प्रहरी नायव उपरीक्षक विनोद घिमिरेले बताए।

उनका अनुसार पौडी खेल्ने क्रममा दिउँसो करिब २ बजेतिर उनीहरू डुबेर बेपत्ता भएका हुन्। उनीहरूको खोजीकार्य जारी रहेको प्रहरी नायव उपरीक्षक घिमिरेले बताए।

नयाँ वर्ष २०७५ को खुसियालीमा रानीमहल घुम्न गएका उनीहरु नजिकै रहेको कालीगण्डकीमा पौडी खेल्ने क्रममा डुबेर बेपत्ता भएका हुन्।

पर्यटकीय आकर्षकको रूपमा रहेको रानीमहलमा नयाँ वर्षको दिन घुम्न जानेहरूको निकै घुइँचो लाग्ने गर्दछ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!