रारा महोत्सवमा एक जनाको मृत्यु

मुगु, वैशाख १ । नयाँ वर्ष पारेर मुगुको रारामा शनिबार प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गरी शुरु भएको रारा महोत्सवमा आएका जम्लाका कालीबहादुर जिसीको मृत्यु भएको छ ।

जुम्ला सिजा देआरपाटाबाट रारा महोत्सवमा आएका ६३ वर्षीय जिसीको शनिबार मृत्यु भएको प्रहरीले जनाएको छ ।

जिसी उच्च रक्तचापका बिरामी भएको र सोहीकारणबाट उनको मृत्य भएको हुन सक्ने मुगु जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!