कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको छ : प्रधानमन्त्री

हुम्ला, वैशाख १ । प्रधानमन्त्री केपी शर्मा ओलीले विकसित देश बनाउन आजैदेखि प्रण गर्न अपिल गरेका छन् । हुम्लाको सदरमुकाम सिमिकोटमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले मुलुक अब विकास र समृद्धिको यात्रामा अगाडि बढ्ने बताएका हुन ।

रारा पर्यटन वर्ष २०७५ को उद्धाटन गर्न मुगुको रारा पगेका प्रधानमन्त्री राजधानी फर्किने क्रममा हुम्ला पुगेका हुन । भूगोल जस्तोसुकै भए पनि सबै ठाउँको महत्व उत्तिकै रहेको बताउँदै प्रधानमन्त्रीले कर्णालीको विकासलाई सरकारले विशेष प्राथमिकता दिएको दाबी गरे ।

याे पनि पढ्नुस  प्रधानमन्त्री ओली पुनः सिंगापुर प्रस्थान

कर्णालीबाट जडिबुटीको प्रवर्धन गर्न सकिने उल्लेख गर्दै प्रधानमन्त्री ओलीले त्यसका लागि आवश्यक सहयोग सरकारले गर्ने विश्वास दिलाए ।

त्यसअघि प्रधानमन्त्रीले मुगुको छायानाथ, हिल्सा–सिमिकोट सडक, हिल्सा नाका तथा हुम्लाका सातवटै स्थानीय निकायको हवाई निरीक्षण गरेका थिए ।

प्रधानमन्त्री समक्ष स्थानीयबासीले हवाई तथा सडक, कृषि, स्वास्थ्य लगायतका माग राखेका थिए । स्थानीयका माग पूरा गर्ने प्रधानमन्त्रीले प्रतिबद्धता व्यक्त गरेको बताइएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!