मुख्यमन्त्री भट्टद्वारा स्वच्छ र स्वस्थ ७ नं प्रदेश अभियानको शुरुवात

धनगढी, वैशाख १ । नयाँ वर्षको पहिलो दिन ७ नम्बर प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट धनगढी बजार सरफाईका लागि कुच्चोे समातेर शनिबार बिहानै निस्किए । र ७ नं प्रदेश स्वच्छ र स्वस्थ अभियान प्रारम्भ गरे ।

‘स्वास्थ्यप्रति जिम्मेवार सम्बृद्धीको आधार’ भन्ने मूल नाराका साथ नयाँ वर्षको पहिलो दिनमा सरसफाई गरिएको सामाजिक बिकास मन्त्रालयले जनाएको छ ।ानकारी दिएको छ ।

शहरदेखि गाउँटोलसम्म स्वच्छ र स्वस्थ प्रदेशका लागि अभियानकै रुपमा अघि बड्ने मूख्यमन्त्री त्रिलोचन भट्टले बताए । योग शिबिरमा सहभागी भएका मूख्यमन्त्री भट्टले भने, ‘प्रदेशका नागरिक स्वस्थ भएमा मात्र स्वस्थ प्रदेशको कल्पना गर्न सकिन्छ, हामी स्वथ्य बन्नका लागि योग गर्न जरुरी छ ।’

समाजिक बिकास मन्त्रालयको आयोजनामा स्वच्छ र स्वस्थ प्रदेश अभियान अन्तर्गत सरकारका मन्त्री तथा नागरिकहरुले बजार सरसफाइ गरेका हुन । नयाँ बर्षको पहिलो दिनमा स्वस्थ र स्वच्छ प्रदेशको कार्यक्रम आयोजना गरिएको सामाजिक बिकास मन्त्रालयले बताएको छ ।

बजार सरसफाई तथा योग शिबिरमा आन्तरिक मामिला मन्त्री प्रकाश शाह, आर्थिक मामिला तथा योजना मन्त्री झपड बोहरा, समाजिक बिकास मन्त्री दिर्घ सोडारी लगाएतका मन्त्रीको पनि सहभागीता रहेको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!