गगन थापाले शुरु गरे सरसफाई अभियान

काठमाडौं, १ वैशाख । नयाँ वर्षको अवसर पारेर नेपाली का‌ग्रेस नेता एवं काठमाडौ क्षेत्र नं ४ का सांसद गगनकुमार थापाले आफ्नो क्षेत्रमा सरसफाई अभियान शुरु गरेका छन् ।

‘म बन्छु जिम्मेवारः कर्तव्यसंगै अधिकार’ नामक अभियानको शताब्दी पुरुष एवं संस्कृतिविद सत्यमोहन जोशीले शनिबार काठमाडौं क्षेत्र नं ४ मा सांसद थापाले स्थापना गरेको सम्पर्क कार्यालयमा आयोजित एक कार्यक्रमका बीच प्रारम्भ भएको घोषणा गरे ।

कार्यक्रममा शताब्दीपुरुष जोशीले ४ नं क्षेत्रमा शुरु गरिएको अभियान मेचीदेखि महाकालीसम्मका गाँउपालिकादेखि केन्द्रीय सरकारसम्मले अनुकरण गर्न अत्यावश्यक रहेको बताए । कर्तव्यमा जाड दिने कर्तव्यसहितको अधिकार बोध गराउने अभियानलाई सवैले मनन गरियो भने देश बनी छाड्ने जोशीले विश्वास व्यक्त गरे ।

कार्यक्रममा सांसद थापाले नयाँ बर्षलाई कर्तव्यको बर्ष बनाउन आह्वान गर्दै बर्षभरी आफ्ना गतिविधिलाई अधिकार भन्दा कर्तव्यको दृष्टीकोणबाट हेर्न आग्रह गरे । हाम्रा कुनै पनि धर्मले कर्तव्य विनाको अधिकारलाई नमान्ने चर्चा गर्दै उनले कर्तव्य पुरा गर्ने मात्रै अधिकारको भागीदार हुने तर्क गर्नुभयो । अधिकार प्रति म जति सचेत रहन्छु कर्तव्य प्रति पनि त्यती नै सचेत रहने छु भन्ने सोच र अठोट नयाँ बर्षका अवसरमा लिन उहाँले आग्रह गर्नुभयो ।

अभियानलाई कुनै राजनीतिक दल, संस्थाको मात्र नभई संपुर्ण जिम्मेबार नागरिकको अभियानका रुपमा लिन थापाले आह्वान गरे । यो बर्षभरी ‘हरेक महिना एक विहान, समुदायको लागि श्रमदान” कार्यक्रम संचालन गरिने थापाले जानकारी र्दिए ।

अभियान अन्तर्गत पहिलो कार्यक्रम शनिबार ज्ञानेश्वरदेखि चावहिलसम्म बृहत सरसफाई कार्यक्रम सम्पन्न भएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!