आगामी वर्ष आर्थिक समृद्विको वर्ष हुनेछ : गगन थापा

काठमाडौं, चैत ३० । नेपाली कांग्रेसका युवा नेता गगनकुमार थापाले आगामी वर्ष २०७५ साल आर्थिक समृद्विको वर्ष हुने विश्वास व्यक्त गरेका छन् ।

गन्तब्य नेपालले शुक्रबार राजधानीमा आयोजना गरेको नयाँ वर्ष महोत्सवको उद्घाटन गर्दै उनले धेरै कोणबाट २०७४ साल उपलब्धिमूलक रहेको बताए । संविधानसभाबाट जारी संविधान कार्यान्वयन गर्दै तीन तहको निर्वाचन हुने सबै भन्दा ठूलो उपलब्धी भएको बताए ।

२०७४ सालमा तीन तहकै निर्वाचनबाट मुलुकले निकास पाएको भन्दै तुलनात्मक रुपमा यो वर्ष सफल रहेको उनको टिप्पणी थियो ।

२०७४ सालबाटै मुुलुकले राजनीतिक निकास पाएको र संक्रमणकालको अन्त्यसमेत भएको उनको भनाई थियो ।

नयाँ वर्षको अवसरमा गन्तब्य नेपालले विभिन्न क्षेत्रमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने व्यक्तित्वहरुलाई सम्मानित गरेको थियो ।

महोत्सवमा खानाका विभिन्न परिकार र हस्तकलाका सामग्री प्रदर्शनमा राखिएको छ ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!