राजीव सिटौला अमेरिकी सेनाको विमान उडाउने पहिलो नेपाली

अमेरीका, चैत्र ३० । नुवाकोटका राजिव सिटौला अमेरिकी सेनाको विमान उडाउने पहिलो नेपाली बन्न सफल भएका छन् । सात वर्ष अगाडि सेवा प्रवेश गरेका सिटौला अमेरिकी सेनाको ‘वारेण्ट अफिसर वान’ पदमा हालैमात्र पदोनन्ती भएका छन् ।

अमेरिकी सेनामा पहिलो नेपाली वायुयान चालकका रुपमा रहेका राजिव अमेरिकी सेनामै रहेर पाइलट कोर्स सम्पन्न गरी अमेरिकी आकाश र अमेरिकी सेना रहेका बिदेशस्थित क्याम्पहरुमा विमान उडाउँदै एक कुशल विमान चालकको छवी समेत बनाईरहेका छन् ।

नुवाकोटको पंचकन्या गाउँपालिका वडा नं ६ को भद्रुटारमा पिता रामराज सिटौला र माता निर्मला सिटौलाको पहिलो सन्तानको रुपमा आज भन्दा ३० अगाडि उनको जन्म भएको थियो ।

सानै उमेरदेखि राजिव अरु भन्दा भिन्न स्वभावका थिए र फरक विचार राख्थे । त्यही स्वाभावका कारण राजिव आज अमेरिकी आकाश र अमेरिकी सेनामा अब्बल सावित भएका छन् ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!