डीपीएल २ को उपाधि टीम चौराह धनगढीलार्इ

काठमाडौं, चैत्र ३० । धनगढी प्रीमियर लीग (डीपीएल) २ को उपाधि टीम चौराह धनगढीले जितको छ । काठमाडौं गोल्डेन्सलाई २१ रनले पराजित गर्दै टीम चौराह धनगढी लगातार दोस्रो पटक डीपीएलको च्याम्पियन बनेको हो ।

डीपीएल २ मा धनगढीले दिएको १८२ रनको लक्ष्य पछ्याएको काठमाडौं निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६० रनमा सीमित रह्यो।

काठमाडौंका अमित श्रेष्ठले सर्वाधिक ५८ रन जोडे। ३९ बलको सामना गरेका उनले ३ छक्का र ७ चौका प्रहार गरे। यस्तै, ज्ञानेन्द्र मल्ल ३० र सन्नी पटेलले २२ रन जोडे। धनगढीका ललितसिंह भण्डारीले तीन, रोहन मुस्तफा २ तथा योगेन्द्रसिंह कार्की र साम्सद शेखले समान १ विकेट लिए।

त्यसअघि टस जितेर ब्याटिङ गरेको धनगढीले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १ सय ८१ रन बनाएको थियो। धनगढीका सुनिल धमलाले ७८ रनको उत्कृष्ट पारी खेले। ६३ बलको सामना गरेका उनले ३ छक्का र ८ चौका प्रहार गरे।

यस्तै रोहन मुस्तफाले ४२ बलमा ६० रनको पारी खेले। सो क्रममा उनले ४ चौका र ४ छक्का प्रहार गरे। सोमपाल कामी ८ रनमा नटआउट रहे। यसअघि गतवर्ष भएको पहिलो संस्करणको उपाधि पनि धनगढीले जितेको थियो।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!