परराष्ट्रमन्त्री ज्ञवाली चीन जादैं

काठमाडौं, चैत्र ३० । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली चीन भ्रमणमा जाने भएका छन्र ।

ज्ञवालीले चिनियाँ विदेशमन्त्री वाङ यीको निमन्त्रणमा औपचारिक भ्रमण गर्न लागेको परराष्ट्र मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।्

परराष्ट«मन्त्री ज्ञवालीले वैशाख २ गतेदेखि ७ गतेसम्म चीनको भ्रमण गर्ने ज्ञवालीले वैशाख ४ गते समकक्षी यीसँग दुई पक्षीय वार्ता गर्ने परराष्ट्र मन्त्रालयले जनाएको छ।

भ्रमणका क्रममा ज्ञवालीले चिनका नेताहरु, बुद्धिजीवीहरुलाई समेत भेट्ने कार्यक्रम रहेको विज्ञप्तिान उल्लेख छ। ज्ञवालीलाई वैशाख ३ गते चीनका लागि नेपाली राजदूत लीलामणि पौडेलले स्वागत गर्नेछन्।

वैशाख ६ गते ज्ञवालीले चीनको सिचुवान प्रदेशको चेनगुण सहर अवलोकन गर्ने कार्यक्रम रहेको छ । सो क्रममा उनले सिचुवान विश्व विद्यालयको एक कार्यक्रमलाई सम्बोधन समेत गर्ने छन्।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!