कविताः ढल्को

बलराम तिमिल्सिना ‘विप्लव’

फूलजस्तै फक्रिएर खै त हाँसे ओठहरू
जस्तापाता टल्काएर रमाए खै गोठहरू !

अनि पो त नयाँ वर्ष भनी मान गर्न मिल्छ
धून धपाउँन सक्यो भने थोत्रा खोटहरू !

उही दुख उही दर्द उही सास्ती जिन्दगीमा
झुपडीलाई हियाउँदै फूर्ती गर्छन् नोटहरू !

म कसरी हाँसौं साथी कसरी रमाऊँ खै
सवै सवै विगतका पैंचो बोकी चोटहरू !

घर घर दाल भात डेलिभरी गर्छु भन्थे
ऐले सोच्छु कठैबरा खेर गए भोटहरू !

भुट मकै साँध गुन्द्रुक सार मोही चिसो
बर्गर र पिजासँग हाँस्न देऊ कोटहरू !

कहाँ आयो नयाँ वर्ष देख्दिनँ त कतै पनि
भयो हल्ला बन्द गर असतीका बोटहरू !

कमेन्ट गर्नुहोस्

error: Content is protected !!