‘डमरुको डण्डीबियो’ वैशाख २१ मा रिलिज

नेपाली चलचित्र डमरुको डण्डीबियोले शुक्रबार हेटौडामा पत्रकार सम्मेलन गरेको छ ।

चललिचत्रका नायक खगेन्द्र लामिछाने, निर्माता विनोद गुरुङ, नायिका लक्ष्मी बर्देवाको टोली हेटांैडा आइपुगी पत्रकार सम्मेलन गरी चलचित्रको बारेमा जानकारी दिएको हो ।

आगामी वैशाख २१ गतेदेखि देशभर प्रदर्शन हुने चलचित्रको प्रचारप्रसारको क्रममा हेटौडा आइपुगेको टोलीले चलचित्र खेलकुदलाई जोडेर मनोरञ्जनात्मक रुपमा चलचित्र निर्माण गरिएको जनाएको छ ।

कार्यक्रममा बोल्दै चलचित्रका नायक लामिछानेले नेपालको राष्ट्रिय खेलको रुपमा रहेको डण्डीबियो पछिल्लो समय लोप हुन लागेकोले राष्ट्रिय खेलको उत्थानको लागी चलचित्र निर्माण गरिएको बताए । उनले चलचित्र डमरुको डण्डीबियो मौलिक चलचित्रका साथै मनोरञ्जनात्मक भएकाले हलबाट कसैले पनि निराश भई फर्कन नपर्ने बताए ।

चलचित्रका निर्माता गुरुङले चलचित्रले दर्शकहरुको मन जित्ने बताए । कार्यक्रम चलचित्र पत्रकार संघ मकवानपुरका अध्यक्ष मणिराज गौतमको अध्यक्षतामा भएको थियो ।

कमेन्ट गर्नुहोस्

error: Content is protected !!