राज र अन्जुको चुम्मा दैइदेउ फुलकुमारीको हट म्युजिक भिडियो सार्वजनिक

थारु समुदायको चर्चित थारु म्युजिक भिडियो निर्देशक, गायक, मोडेल, डान्सर, राज कुश्मी र गायिका तथा मोडलिङ क्षेत्रमा भर्खरै पाइला चालेका नयाँ थारु मोडेल अन्जु कुश्मी दुईजनाले नै स्वर दिएर अभिनय गरेर निकाल्न लागेको नयाँ थारु गीतको भिडियो एल्बम ‘फुल कुमारीमा’ समावेश गरिएको ‘प्यार से चुम्मा दैइदेउ फुलकुमारी जवानी हो दुई दिनके चोला’ नामक थारु हट गीतको म्युजिक भिडियो सार्बजनिक भएको छ ।

अहिलेका चर्चित जोडीको रुपमा समेत प्रख्यात राज कुश्मी र अन्जु कुश्मीको स्वर रहेको ‘प्यार से चुम्मा दैइदेउ फुल कुमारी’ को भिडियो विन्दास मिडियाको युट्युब च्यानलबाट रिलिज तथा सार्वजनिक भएको हो ।

चर्चित गायिका अन्जु कुश्मीले अभिनय गरेको यो दोस्रो थारु गीतको म्युजिक भिडियो हो । स्वयम अन्जुले नै निर्माण गरेको यस म्युजिक भिडियोको निर्देशक राज कुश्मी र सुरज कुसुम्या रहेका छन् ।

राज कुश्मीको शब्द, संगीतमा रहेको यस् भिडियो गीतको गणेश चौधरीले रिकोर्डिङ र ब्यवस्थापन गरेको छ भने अडियो सम्पादन प्रकाश केसी र भिडियो सम्पादन, छायांकन रामु चौधरी, कलररश्रृङ्गार अम्रता थारुले गरेका छन् ।

प्रदिप थारुको कोरियोग्राफी,आर के सि डिजिटल स्टुडियो,ड्रीम रिकोर्डिङ स्टुडियोको साथ र बिच बिचमा राज कुश्मीको र्याप पनि रहेको यस् भिडियोमा राज कुश्मि, अन्जु कुश्मी, नरेश थारु, प्रदिप थारु लगायतको कलाकारहरुको मनमोहक नृत्य सहितको अभिनय रहेको छ।

तलको लिंकमा क्लिक गरी हेर्नुहोस् थारु नयाँ म्युजिक भिडियो

कमेन्ट गर्नुहोस्

error: Content is protected !!